यस वर्ष सगरमाथामा एकै दिन २७४ भन्दा बढी आरोही पुगेपछि नयाँ कीर्तिमान बनेको छ भने अत्यधिक भिडकै कारण पाँच जनाले ज्यान गुमाएका छन् ।
शेर्पा समुदाय र विज्ञहरूले अब सगरमाथा आरोहणमा नियन्त्रण गरी अनुभवी र गुणस्तरीय आरोहीलाई मात्र अनुमति दिनुपर्ने बताएका छन् ।
विज्ञहरूका अनुसार अनियन्त्रित आरोहणले सगरमाथाको वातावरण, सुरक्षा र सांस्कृतिक महत्वमा गम्भीर असर परेको छ ।