राष्ट्रिय स्वतन्त्र पार्टी अहिले सहकारी ठगी र विभिन्न विवादका कारण दबाबमा परेको छ ।

सभापति रवि लामिछानेसहित केही नेता सहकारी प्रकरण र अन्य नैतिक विवादमा मुछिएपछि पार्टीको वैकल्पिक राजनीतिक छविमाथि प्रश्न उठ्न थालेको छ ।

यता, पार्टीभित्र आन्तरिक असन्तुष्टि पनि बढ्दै गएको बताइएको छ । महाधिवेशन नजिकिँदै गर्दा केही नेता तथा कार्यकर्ताले राजीनामा दिन थालेपछि रास्वपाको आन्तरिक संकट थप चुलिएको देखिन्छ ।