टिकटकले नेपाल सरकारलाई तिर्नुपर्ने भ्याट रकम अझै नतिरेको खुलेको छ । ठूला करदाता कार्यालयका अनुसार टिकटकले चालु आर्थिक वर्षको कर तिर्न आनाकानी गरिरहेको छ ।
टिकटकले भने एप्पल र गुगलमार्फत भ्याट तिरिसकेको दाबी गर्दै नेपाललाई छुट्टै कर तिर्न नपर्ने पत्र पठाएको छ ।
सरकारले अहिले टिकटकको दाबीबारे अध्ययन गरिरहेको जनाएको छ ।